शिव बस्तीमा हुने महायज्ञका लागि एक सय १ सदस्यीय समिति गठन,राधिका दासी प्रमुख कथाबाचक
ताजा समाचार
लक्ष्मी कार्की-कार्यक्रम मेनेजर नेपाल ग्रामिण पुननिर्माण संस्था
समय सबैभन्दा बलबान हुन्छ । समयले दिएको भूमिकालाई सहि ढंगले निर्वाह गर्न सकिएन भने अघि बढने बाटाहरु छेकिदै जान्छन । गौडामा नहारेर, घुम्तिमा नआत्तिएर,अफ्ठेरोमा विचलित नभइकन अगाडी बढने ब्यक्तिले नै हो उचाइको चुचुरो चुम्ने । समयमा संघर्ष गर्नेहरु नै सफलताका असली हकदार हुन ।
संखुवासभाको एउटा विकट गाँउमा जन्मिएर हाल नेपाल ग्रामिण पुननिर्माण संस्था आरआरएनको कार्यक्रम मेनेजर पदमा कार्यरत लक्ष्मी कार्कीको जिवनकथा पनि उत्तिकै रोचक र प्रेरणादायी छ । पाँचजना दाजुभाइ दिदिबैनीको माहोलमा हुर्किएकी लक्ष्मीको प्रार्थमिक कालिन शिक्षा गाँउमै वित्यो । त्यसपछि माध्यमिक कालिन पढाइका लागि दैनिक तीन घण्टा हिडनुपर्थ्यो ।
शिक्षा प्राप्तीका लागि गरिएका यिनै परिश्रम र मेहनतको जगले जिवनप्रतिको बुझाइ बदलियो । त्यो समय । त्यो बाल्यकाल अनि संघर्षमय यात्राको जग बसेको त्यो समय संझिदा अहिले पनि मनमा एकतमासको रोमान्चक प्रतिविम्ब घुमिरहन्छ ।
समाजमा छोरीलाई पढाउनु हुन्न भन्ने मान्यता ब्याप्त रहेको बेला दाजुको प्रेरणाले कानुन पढन विराटनगर झरेपछि जिवन गोरेटोको नक्सा बन्न थाल्यो । अध्ययन सँगै ल फर्ममा सहयोगीका रुपमा काम सिक्दै गर्दा विभिन्न सरकारी गैरसरकारी संस्थाले उनको क्षमता आकलन गर्दै बोलाउन थाले । महिला अधिकार क्षेत्रमा कानुनी ब्यवस्था अध्ययन गर्दै गर्दा र यसैसँग सम्बन्धित पैरवी र वकालत गर्दै गर्दा अघिको बाटो चौडा बन्दै जान थाल्यो ।
बाबु राजनितिकर्मी र दाजुहरु बुझेका हुनाले उनको स्वतन्त्र यात्रामा कतैबाट अबरोध भएन । त्यसैले लक्ष्मी आफैले खनेको बाटो फराकिला बनाउदै गइन । महिला अधिकारका क्षेत्रमा काम गर्ने क्रममा महिला अधिकार तथा वेचविखन विरुद्ध अभियान चलाएको एटविनको नेतृत्वदायी भूमिकामा रहेर पनि उनले काम गरिन ।
कामको यहि सिलसिलाले जिवनका घुम्तिहरु मोडिदै गए । अनुशासन र निरन्तरको परिश्रम,सफलताको सबैभन्दा ठुलो शक्ति र हतियार हो भन्ने कुरा उनले बुझेकी छन । विवाहपछि पारिवारिक तथा बच्चा जन्मिएपछिको समय केह जटिल लागेपनि त्यहि समय उनका लागि प्रेरणा बन्थ्यो ताकी भर्याङको अर्को खुडकिलो चढन सकियोस ।
एउटी छोरी मान्छे छोरी बुहारी श्रीमती आमा लागयतका भूमिका पार गर्दै समाज र समुदायका मुद्दामा समर्पित हुनु सजिलो कुरा होइन तर लक्ष्मी यी अनेकन जटिलता पन्छाउदै अघि बढिरहिन । जिन्दगीमा जति सुकै कठिन समय सामाना गर्नपरेपनि हरेश नखानु उनले सिकेको जिवनको ठुलो शिक्षा हो ।
वकालतबाट विकास क्षेत्रमा प्रवेश गरेपनि आफैले अध्ययन गरेको विषयले उनको विज्ञतामा सघाउ पुर्याइरहेको छ । दुइ वटी छोरीपनि आमाको संघर्षकथाबाट प्रेरित छन भने काम गर्नेबेला परिवारले थपेको उर्जाले उनलाइ अरु गतिशिल हुन मद्त गरिरहेको छ ।
जिवनको भाषा सबैको बुझाइमा फरक फरक होला । तर उनको सिकाइ र वुझाइमा सैघर्ष नै जिवनको अर्को नाम हो । र यसवीना जिवन अधुरो रहन्छ । अनुशासन र निरन्तरको लगावबले निकै छाँटिएकी लक्ष्मी यो यात्रा सँगै सामाजिक क्षेत्रमा समेत समर्पित हुन चाहान्छिन र उनको जिवनको लक्ष्य पनि यहि माटोमा केहि गर्न सकु र यहि माटोमा जिन्दगीको फूल रोप्न सकु भन्ने नै हो ।।