Janachasonews.com

वरिष्ठ समाजसेवी कार्कीले गरे पशुपति काेटिहाेममा दान

Facebook
Twitter
Email

काठमाडौं । पशुपतिक्षेत्र, (वनकाली) हंस मण्डपमा गत श्रावण १ गतेदेखि ३२ गतेसम्म सञ्चालन गरेकाे ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ पूर्ण रुपमा सफल भएको आयाेजकले दाबी गरेकाे छ ।

मानवसेवा फाउन्डेसनले सञ्चालन गरेकाे उक्त काेटिहाेम पूर्ण सफल भएको अध्यक्ष एवं संकल्पकर्ता विजय कृष्णमूर्ति जी महाराजले बताएका हुन् । महायज्ञकाे आयव्यय विवरण भाद्र महिना भित्र नै सार्वजनिक गरिनुका साथै भक्तजनहरुको एक रुपैयाँ दायाँबायाँ नहुने गरी आश्रम बनाईछाड्ने उनले उद्घाेष गरेका छन् ।

लाखौं भक्तजनहरूकाे सहभागीता रहेकाे काेटिहाेममा भक्तजनले करोडौं रूपैयाँ सहयोग गरिरहेका थिए । कलाकार, पत्रकार, समाजसेवी मात्रै नभएर उपस्थिति भक्तजनले समेत काेटिहाेममा सहयाे गरेका थिए । यसै अवसरमा वरिष्ठ समाजसेवी राजु कार्कीले पनि अभिभावकविहिन बालबालिका र वृद्धवृद्धा आमाबुबाका लागि केही राहत मिल्ने भन्दै सहयाेग गरेका थिए ।

कोटिहोम महायज्ञबाट विश्व कल्याणसँगै ललितपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको थियाे । ऐतिहासिक श्री पशुपति कोटिहोम धार्मिक तथा साँस्कृतिक तुलादान महामहोत्सव एवं १०८ श्रीमद्भागवत संकट मोचन (दुःख निवारण) शिव महापुराण धनधान्याचल श्री रामायण कथा मासिक पितृ उद्धार तथा मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण आदि सहयोगार्थ सँगसँगै आश्रमहरूको सर्वाङ्गीण विकासका लागि उक्त ज्ञान महायज्ञ आयोजना गरिएको थियाे ।

ज्ञान महायज्ञमा प्रसिद्ध कथा वाचिका राधिका दासीले संगीतमय शिव महापुराण कथा वाचन, देवी प्रतिभा जीले संगीतमय श्रीमद्भागवत कथा वाचन, दीनवन्धु पोखरेलले संगीतमय श्रीमद्भागवत कथा वाचन, डा.कान्ता भट्टराईले संगीतमय श्रीमद् देवीभागवत कथा वाचन र देवी चन्द्रकला सखीले संगीतमय राम कथा वाचन तथा साधु, सन्त, महन्तसँगसँगै अन्य कथा वाचक, वाचिकाको आगमनसहित ॐ आशीर्वचन कार्यक्रम रहेको थियाे ।

काठमाडौँको कलंकीमा रहेको श्री मानव सेवा फाउण्डेसनले एक महिने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ आयोजना गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *