शिव बस्तीमा हुने महायज्ञका लागि एक सय १ सदस्यीय समिति गठन,राधिका दासी प्रमुख कथाबाचक
ताजा समाचार
डा. प्रकाशरण महतको जीवनी
समकालीन राजनितिका प्रभावशाली नेता नेपाली कांग्रेसका प्रवक्ता , नेपाली राजनीतिका चम्किला तारा विहानी उदयसंगै उषाको किरण सरल र स्पस्ट प्रकाश , डाक्टर प्रकाशरण महत !
जीवनका अनेकन आरोह अवरोह संग जुझ्दै , गाउँ बेसी र मेलापातमा आमा बुबालाई सघाउदै अति असहजताका विचमा अध्यन गरेका जीवन बुझेका , समस्या संग जुधेका डा. महत नेपाल सरकारको २०७९ चैत्र १७ देखि अर्थमन्त्री हुनुहुन्छ । नेपालको बदलिदो राजनीतिक परिवेश र वर्तमान राजनीति एवं आर्थिक गतिविधिमा देखिएको तरलताका विच अर्थमन्त्रीको जिम्मेवारी समाल्नु आफैमा चुनौतीपूर्ण छ । हरेक चुनौतीलाइ सकारात्मक अवसरमा बदल्न्न सक्ने क्षमता भएका महत आफैमा संघर्ष , प्रगति र दृढताका प्रतिक हुनुहुन्छ । बेसीको खेतमा पानी पटाउदा होस् या बेलुका साझमा लेकको घरमा थकान बिर्साउन सुस्केरा हाल्दै गरेको अवस्था जुनसुकै बेलापनि आफ्नो अध्यन र जीवनका बारेमा सचेत महत नेपाली समाज र ग्रामिण भेगमा सम्भावनै छैन , ठुला स्कुल नपढे , शहरी स्कुलमा भर्ना नभए जीवन वर्वाद हुन्छ प्रगति गर्न सकिदैन भन्नेहरुका लागि एक गतिलो उदाहरण हुनुहुन्छ ।
आफ्नो बाल्यकाल र ग्रामिण परिवेशको स्मरण गर्दा उँहाको मुहारमा अतित प्रेम र भोगेका दुख प्रष्ट देखिन्छ सम्पूर्ण रुपमा कृषि पेशामा आधारित पहाडी मध्यम वर्गीय परिवारका डा.महत आफैमा क्षमतावान हुनुहन्छ भन्ने कुराको अर्को प्रमाण हो । उँहा कक्षा – ६ मा पढन काठमाण्डौ आए लगत्तै शहरको विधालयमा तृतीय , ७ मा दित्तीय र कक्षा ८ मा पुग्दा प्रथम हुन सक्नु , अध्यनका लागि दाइ डा. रामशरण महत संग बस्नेगरी राजधानी छिर्नु भएका महतले लैनचौर स्थित शान्ति विधा गृह हाइस्कुलमा अध्यन गर्नुभएको हो ।
आफ्नो काम आफै गर्दै , जिवन भोगाइका मोडहरु सम्झिदा वाल्यावास्थामा घरछेउमा कुनै बिधालय नभएको पढनकै निम्ति छिमेकी गाँउ आफन्तकोमा गएको , पढ्ने हरप्रयास गर्दा पनि उपलब्धि हुन नसकेको , डेढवर्षको छिमेकी गाँउको बसाइ सकेर आफ्नै गाँउ , उकाली ओरालीमा रम्दै जम्दै बसेको, बाल सखाहरुको विचमा अब्बल बन्ने गरेको , गाँउमा बल्ल बल्ल एक शिक्षकको दरबन्दी आएको तर बिधालय नभएको , घरमाथिकै चौतारीमा उक्त शिक्षक संग पढेको , पछि गाउलेहरु मिलेर एक कोठे ढुङ्गा माटोले बनाएको बिधालयमा कक्षा ५ सम्मको अध्यन गरेको , तत्कालिन समयमा हाइस्कुल गाँउमा नभएको , एक मात्र मावि स्कुल त्रिशुलीमा भएको , अफ्ट्यारो संग जुज्दै अगाडी बढेको आफ्नै जीवन र अहिलेको नेपालको परिवेश सम्म आइपुग्दा धेरै परिवर्तन भएको बताउनुहुन्छ ।
कक्षा -७ को अध्यन गर्दा गर्दै नेपालको प्रतिबन्धित पंचायती व्यवस्थामा रहदा विधार्थी आन्दोलनमा सक्रिय रहनु भएका डा. महत २०२९ सालमा गिरफ्तारीमा पार्नु भयो २०३२ सालमा हालका रास्ट्रपति रामचन्द्र पौडेल संग-सगै जेल पर्नुभएका महतलाइ विधालय छेउमै रहेका अस्कल क्याम्पस , त्रिचन्त्र क्याम्पस , र अन्य तत्कालिन अवस्थाका समसामाहिक विषयवस्तुले विधार्थी राजनीतिमा लाग्न उद्देलित गर्यो त्यसै पनि एम ए पढाइ पुरा गर्ने तरखरमा पुगिसकेका महतका दाइ डा. रामशरण महतको साधिन्यता रहदै बस्दै परिवेश बुझ्दै गर्दा महतको राजनीतिक चेतना अझै बढी परिस्कृत भएको थियो ।
तत्कालिन निरङ्कुश ब्यबस्थाका विरुद्द पंचायती शाशन व्यबस्थाको अन्त्य गर्दै देशमा प्रजातन्त्र स्थापना गर्नुपर्दछ भन्ने विचारमा विधार्थीवर्ग जुरुक्कै भैसकेका थिए । त्यसै परिवेशमा २०२७ सालमा गठित नेपाल विधार्थी संघको २०२९ सालमै सदस्यता लिदै शान्तिगृह हाइस्कुलको इकाई सभापति बन्नु भएका महत अध्यनमा उत्तिकै अब्बल हुनुहुन्थ्यो । २०३२ सालमा राम्रो प्राप्तांग सहित एसएलसी उतिर्ण गर्नुभएका उँहा त्रिविको महाराजगंज कलेजमा हेल्थ असिस्टेन्टको अध्यनगर्न भर्ना भएसंगै उँहामा राजैतिक परिपक्कता आइसकेको थियो । कलेज प्रवेश हुँदाहुँदै नेपाल विधार्थी संघको क्याम्पस इकाइको सभापती भएर व्यवस्था विरोधी आन्दोलनका बिभिन्न अभियानमा सामेल रहनु भएका हाल नेपाल सरकारका अर्थमन्त्री , नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महत आफैमा बहुप्रतिभाशाली व्यत्तित्व हुनुहुन्छ ।
वि.सं २०१६ कात्तिक १९ मा नुवाकोटको हाल पञ्चकन्या गाउँपालिका–२ कविलासमा पिता खड्ग बहादुर महत र माता डोलकुमारी महतका प्यारा सन्तानको रुपमा भएको हो । सानो छदै तेज दिमाग भएका महतले अध्यनमा कहिल्यै असफलता व्योहोर्नु परेन यधपी भौगोलिक परिवेश र देशको अवस्थाले पार्ने नकारात्मक प्रभाव उँहाको जीवनमा नपरेको भने होइन । विधालय जीवन देखिनै आफुलाई प्रजातन्त्रको पक्षमा उभ्याउदै यसैको पक्षमा वहस , पैरवी र संगठन गर्ने कार्य तत्कालिन व्यवस्थालाई मन परिरहेको थिएन २०३३ सालमा जननायक वीपी कोइराला मेलमिलापको नितिलिएर नेपाल फर्किने क्रममा त्रिभुबन विमानस्थल सम्म कलेजै बन्द गरेर विधार्थी सहित पुग्नुभएका डा. महत ले विपिको स्वागत गर्न पाउनुभएन उल्टै तत्कालिन पंचायती विधार्थी पक्षधर ‘मण्डले ‘समुहबाट निर्घात कुटपिटको सिकार हुनुभयो ।
उता बीपीलाई विमानस्थलबाट सिधै जेल लगियो दिनहरु बित्दै जादा विपी कोइराला संगको सामिप्यता , निरन्तरको भेटघाट र समाजवादी मार्गदर्शले अझै बढी निखारिने अवसर पाउनुभएका डा. महत ले अध्यन लाइ समेत निरन्तरता दिदै हेल्थ असिस्टेन्ट समेतको अध्यन २०३५ सालमा पुरा गर्नुभयो । हेल्थ असिस्टेन्ट पढाइ पुरा गरेका विधार्थीले राज्यको (सरकारको स्वीकृतिमा ) डाक्टर पढ्न रसिया लगायत मुलुकमा जान पाउने ब्यबस्था थियो तर महत लाइ देशको समसामाहिक राजनीतिक अवस्था र परिवेशले गर्दा ततकालिन ब्यबस्था विरोधी अभियान र आन्दोलनले आकर्षित गरेको थियो यधपी पढाइलाइ भने त्रिचन्द्र कलेजमा भर्ना गरेर जारी राख्नु भयो ।
वि.स. २०३५ सालमा विपी जेलमुक्त भएसंगै विधार्थी आन्दोलन अझै चर्किदै थियो नेविसंघका तत्कालिन सभापती शेरबहादुर देउवाले लामो समय सम्म आफै सभापती भैराख्नु उचित भएन भनि कार्यवहाक सभापतीको रुपमा वलबहादुर केसीलाइ तोके संगै डा. महत केसी नेतृत्वको नेविसंघको केन्द्रिय समिति सदस्य रहनु भयो , विधार्थीको आन्दोलन विपिकोइराला लागायत नेपाली कांग्रेसका नेताहरुको सक्रियताले २०३६ का लागि वहुदल कि निर्दल भन्ने विच जनमत संग्रहको घोषणा भयो २०३६ मा सम्पन्न जनमत संग्रहमा सक्रिय भूमिका निर्वाह गर्नु भएका डा. महत त्यस पछि भएको नेपाल विधार्थी संघको जनकपुरमा सम्पन्न भएको अधिवेसन मार्फत नेविसघको मूल नेतृत्वमा आउन चाहनुहुन्थ्यो । अधिवेशन हुनु २ दिन अघिमात्रै आफ्ना पिताको भीरबाट खसी भएको दुखद निधनका कारण उँहा त्यसबाट बन्चित रहनु भयो ।
तर पछि नेविसंघको अनुशाशन समिति सदस्य हुँदै २०३९ देखि २०४४ सालसम्म नेविसंघको केन्द्रिय महामन्त्री हुनुभयो ।यस विचमा विपी कोइरालाको निधन भयो राजनीतिक आन्दोलनमा नैरास्यता भैरहेको परिवेशमा सन्तनेता कृष्णप्रसाद भट्टराइको प्रेरणा र नेतृत्वमा २०४२ सालमा भएको सत्याग्रहमा डा. महत सक्रिय हुनुहुन्थ्यो। नेपाली कांग्रेसकै नेतृत्वमा भएको जनअन्दोलनमा महतले एक्सन कमिटीमा रहेर काम काम गर्नु भयो । पार्टीले दिएको वा आफुले पाएको जिम्मेवारी कुशलतापुर्वक बहन गर्ने क्षमता राख्ने खुवी भएका डा.महतको जीवन एक निरन्तर यात्री वा अथक योद्दाको रुपमा लिन सकिन्छ । जनआन्दोलनको ७ सदस्यीय परिचालन समितिको सदस्यको रुपमा रहेर भूमिगत कार्यसम्पादन गर्दै आउनुभएका महतले ब्यबस्था विरुद्दमा राति बत्ति निभाउने लगायत आन्दोलन गर्नु भयो २०४४ सालमा नेपाल विधार्थी संघको सभापती बन्ने दौडमा रहदा नेतृत्वको विवादका कारण बन्न नपाएको नमिठो स्मरण छ , आफुले समेत मुलधारमा रहेर गरेको आन्दोलनले प्रजातन्त्र पुनरबहाली भएको र सन्त नेता कृष्णप्रसाद भट्टराइ प्रधानमंत्री भएको क्षणलाइ सम्झादा सुखानुभूति हुने बताउनुहुन्छ ।
प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट सफलता मिलेसंगै दलमा बिभिन्न जिम्मेवारीमा रहनुभएका डा. महतले २०५६ सालदेखि नेपाली कांग्रेसको केन्द्रिय आर्थिक नीति न्निर्मान समितिमा रहेर कार्यगर्नु भयो । भने २०५९ सालदेखि हालसम्म निरन्तर नेपाली कांग्रेसको केन्द्रिय समिति सदस्यको रुपमा रहनु भएको छ ।२०७९ वैसाखमा सम्पन्न स्थानिय तह निर्वाचन र मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा केन्द्रिय प्रचारप्रसार समितिको सदस्यको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्नुभएका डा. प्रकाशशरण महतले आफ्नो अध्यन यात्रा सम्झिदै गर्दा आफु राजनीतिक आन्दोलनमा रहेको अवस्थामा समेत प्रथम श्रेणीमा स्नातक र त्रिविबाट स्नाकोत्तर तह सम्मको अध्यन अब्बल्ताका साथ अगाडी बढाउदै गर्दा आन्दोलन अगाडी नै अमेरिकी सरकारले प्रदान गर्ने अतिमहत्वपूर्ण छात्रब्रिद्दिमा अमेरिका पढ्न जान पाउने नेपालका प्रतिस्पर्धाबाट छानिने ४ जना भाग्यमानीमा त नाम निकाल्न सफल रहनु भयो तर ब्यबस्था बिरुद्दमा लागेको भनेर तत्कालिन व्यवस्थाले पासपोर्ट नदिएपछि अधुरै रहेको यात्रा २०४६ पछिको प्रजातन्त्र पुन :स्थापना पछि सम्भव रह्यो ।
फुलब्राइट छात्रवृत्ति अन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) सम्पन्न गर्नु भयो नेपाल प्रतिको मोह र स्नेहलाई कायम राख्दै आफ्नो अध्यनलाई निरन्तरता दिदै आउनुभएका महतले अर्थशास्त्रमा पिएचडि गरेलगत्तै २०५५ सालमा नेपाल फर्किनुभयो ।
विसं २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यबाट संसद्को यात्रा आरम्भ गरेका डा. महत पहिलो र दोस्रो संविधानसभा सदस्य रहिसकक्नु भएका महत हाल समानुपातिकबाट प्रतिनिधिसभा सदस्य हुदै नेपाल सरकारको अर्थमन्त्री जस्तो गरिमामय र अतिमहत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ। संसद भित्र सधै क्रियाशील रहने डा. महत संसदका राज्यब्यबस्था समिति र संसदीय सुनुवाई समिति आदिको महत्वपूर्ण जिम्मेवारीलाइ सहज ढंगले समाल्दै आफुलाई अब्बल सावित गरिसक्नु भएको छ ।यो आर्थिक विषम परिस्थितिका विचमा अर्थमन्त्रालयको जिम्मेवारी लिदै अगाडी बढिरहनुभएका डा. महतले २०६१ जेठमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालयमा राज्यमन्त्री ,बि.सं.२०६६ सालमामा बनेको माधवकुमार नेपाल नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकारमा उर्जा मन्त्री ,२०७३ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकोकांग्रेस माओवादी गठबन्धन सरकारको बेला पराराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहेर कुशल भूमिका निर्वाह गरिसक्नु भएको छ ।
आफ्नो ठुलो परिवार,परिस्थिति, जिन्दगीको उतार-चडावलाइ सहज बनाउन सफल , एक उदरणिय व्यत्तित्व डा. महतका माता डोलकुमारी महत र पिता खड्ग बहादुर महतको निधन भैसकेको छ भने उँहाका दाइ डा.राशरणमहत नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ ,उँहा पनि यो देशको पुर्व अर्थमन्त्री समेत रहनुभएको व्यत्तित्व हो ५ दिदीबहिनी र २ भाइको परिवार रहेको महतको राजनीतिक संघर्ष र यात्रा गर्विलो छ।
उँहाको कडा मिजास स्वभाव , प्रष्ट बोलि , बोलिअनुसारकै ब्यबहार , ब्यबहारमा स्पष्टता आदि उँहाको बैयक्त्तिक विशेषता हो ।आफ्नो प्रगतिको श्रेय निरक्षर रहेर पनि शहरसम्म राखेर पढाउने दुख संग लड्न र अगाडी बढ्न हौसल्ला दिने बुबा आमालाई दिदै आफुलाइ गाँउको माया असाध्यै लाग्ने बताउने महतले आफु उर्जामंत्री हुँदा आफ्नो गाँउमा विधुतीकरण गरेको र देशमा नै विधुत विकासको पक्षमा काम गरेको सम्झनु हुन्छ ।
माओवादी द्वन्दकालमा गाँउको घरमा आगजनी भएको २४ घण्टा सम्म घर जलिरहेको आफु बस्दै आएको घरमा समेत बम बारी भएको घटना स्मरण गर्दै त्यस्तो शशस्त्र बिद्रोहलाइ रोकी लोकतान्त्रिक गणतन्त्र सम्म नेपाललाइ ल्याउन सफल भएको हालको परिस्थितिलाइ प्रगति मान्दै सम्मुनत राज्य निर्माणमा अझै योगदान गर्ने क्रियाशील जीवन बिताउने उर्जा कायमराख्न लागि पर्ने इच्छाशक्ति राख्ने महतको जीवन यात्रा क्रमश बढ्दै छ । सिमित स्रोत र साधनको अधिकतम प्रयोग गरेर , सम्मुनत समाज निर्माण गर्न सकिने कुरामा जोड दिने अर्थमन्त्री डा . प्रकाशरण महत नेपालको राजनीतिलाइ नजिकबाट बुझेका पात्र हुनुहुन्छ । उँहाको जीवनप्रतिको बुझाइ भनेको कर्म गर्दै जाने फलको आशा कम गर्ने र सर्वोपरी आफुलाई मात्रै नठान्ने , जीवन अजम्ब्बरी छैन , यो जीवन सेवा भावमा समर्पित गर्न सकौ भन्ने हो , वर्तमान समयमा तीव्र आर्थिक संकटकाबीच मुलुकको अर्थ मन्त्रालयको बाघडोर समाल्नु भएका अर्थमन्त्री डा. प्रकाशरण महत नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पार्टीका प्रवक्तामात्रै नभएर लामो समय मुलुकको आर्थिक बाघडोर सम्हालेका पूर्वअर्थमन्त्री डा.रामशरण महतका सहोदर भाइ हुनुहुन्छ
यो पृष्ठभूमि जोडिएका र बिभिन्न मन्त्रालयको जिम्मेवारी समालिसकेको अनुभवका विचमा समस्याग्रस्त आर्थिक स्थितिका बाबजुद मुलुकको अर्थ मन्त्रालयको नेतृत्व हाकी रहदा चुनौतीका चाङ छन् । संकटकाबीच अर्थ मन्त्रालय सम्हालेका डा.महतसँग मुलुकको अर्थतन्त्रलाई सही दिशानिर्देश गर्ने गहन जिम्मेवारी त छदैछ बजारको बिग्रिएको आत्मबल फर्काउनले चुनौती समेत यतिखेर डा.महतको काँधमा छ । बजारको आत्मबल जगाउने, तरलता सहजीकरण गर्ने , खर्चमा मितव्ययिता र राजस्व संकलन बढाउने ,बजेट कार्यान्वयन र र आ.व.२०८० /०८१ को तयारी लगायत चुनौतीलाई अवसरमा बदल्न सक्ने क्षमता मिलोस र सफलता होस् शुभकामना !!!