शिव बस्तीमा हुने महायज्ञका लागि एक सय १ सदस्यीय समिति गठन,राधिका दासी प्रमुख कथाबाचक
ताजा समाचार
मदनकृष्ण श्रेष्ठ
नेपाली रंगमन्च तथा हास्यब्यंग्य क्षेत्रमा उचाइमा पुगेको एक भब्य ब्यक्तित्व । कला वाङमयमा जस्को नाम लिदा अनुयायीहरु श्रद्धाले शीर निहुराउछन । कला तथा अभिनयको माध्यमबाट मानिसलाई हसाउन मात्र नभइ समाजमा चेतना विस्तारका समेत फराकिलो र आदरणीय उचाई हासिल गरेका कलाकार हुन मदनकृष्ण श्रेष्ठ ।
हास्यब्यङग्य केबल मनोरन्जनसँग मात्र संबन्धित नभइ यसैको माध्यमबाट सरकार वा सत्तासँग जोडिएको शक्तिलाई खबरदारी गर्ने होस या आम मानिसको जीवनमा चेतना विस्तार गर्न सकिन्छ भन्ने भास्य निर्माण गर्ने श्रदेय कलाकारको नाम हो मदनकृष्ण श्रेष्ठ ।
राजनीतिक रुपमा कठोर मानिने पन्चायतकालमा सोहि ब्यवस्था विरुद्ध अभिनय तथा कलामार्फत शंखघोष गर्ने श्रेष्ठले प्रजातन्त्र पुन प्राप्तीपछिको समय होस वा गणतन्त्रकालमा होस खबरदारी गरिनै रहे । उमेरले ७३ बर्षमा रहेका श्रेष्ठको आजको उचाई पछाडी ब्यहोरेका र पार गरेका भंगालाहरु कम संघर्षमय र संघीन छैनन ।
२००७ साल वैशाख ७ गते काठमाडौँको जीतपुरफेदीमा तत्कालिन प्रधानपन्च रामकृष्णलाल श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठका पुत्रका रुपमा जन्मिएका मदनकृष्णले लामो समय आमाको ममत्व भने पाउन सकेनन । छ महिनाको उमेरमा आमाको निधन भएपछि मातृवात्सल्यबाट बन्चित भएका श्रेष्ठको रेखदेख कान्छी आमाबाट भएको हो ।
आमाको निधनपछि बाबुले अर्को विहे गरेपनि उनको र त्यसपछि विहे गरेकी महिलाको समेत मृत्युभएपछि मदनकृष्णको रेखदेख बाबुको चौथो विहेकी कान्छिआमाले गरेकी थिइन । राणा शासनको अन्त्यपछि लामो समय राजनीतिक संक्रमणकाल रह्यो । जुनबेला आम नागरिकका लागि शिक्षाको सहज पँहुच थिएन । जितपुरफेदीमा वाल्यकाल विताएका मदनकृष्णलाई पनि विद्यालय नजिक नहुदा अध्ययन अध्यापन सहज हुन सकेन । विद्यालय जान घण्टौ लाग्ने अवस्थाले शुरुवाती कालमा पठन पाठन राम्रो संग अघि बढ्न सकेन । विभिन्न कठिनाईले कक्षा १ देखि १० कक्षा पार गर्दासम्म जीतपुरदेखि काठमाण्डौका थुप्रै विद्यालय फेरबदल गर्नुपरिरह्यो ।
एसएलसीपछि महेन्द्ररत्न कलेजमा आइकम गरेका श्रेष्ठले बीकमको प्राइभेट जाँच दिएपनि अभिनयमा लागेपछि पढाइ राम्रोसँग अगाडी बढन सकेन । सानैदेखि कला अभिनयमा रुची भएका श्रेष्ठ २०१५ सालमा रंगमन्चमा पहिलो पटक देखिएका हुन । २०२३ सालमा रेडियो नेपालमा स्वर परिक्षा उत्तिर्ण गरेका उनी त्यो बेला हार्मोनियम वाधनका साथै गाउनमा पनि अघि सर्न थाले ।
२०२६ सालमा नेवारी गीत प्रतियोगितामा पहिलो भएपछि गोरखापत्रमा छापिएको समाचारको कटिङ अझै पनि उनीसँग छ । त्यसपछि २०२८ सालमा मुनास्वः अर्थात आवाजको जमघट नाम संस्था स्थापना गरि हास्यब्यंग्यका कार्यक्रममा उनको सक्रियता बढ्न थाल्यो ।
१६ वर्षको उमेरमा सञ्चय कोषमा जागिर शुरु गरेका उनी पछि कृषि सूचना शाखा अर्थात अहिलेको कृषि सञ्चार महाशाखामा जागिर गरे । एकातिर जागिर र अर्कोतर्फ कला र अभिनयको निरन्तरता । दुइवटा डुंगामा खुट्टा हालेर यात्रा गर्न कम जोखिम र चुतौतिपूर्ण थिएन ।
तर विलक्षण प्रतिभा र कलाप्रतिको हुटहुटीले उनलाई कमजोर र असफल हुन पनि दिएन । त्यसमाथी नातिकाजी, शिवशंकर, पाण्डव सुनुवार, हिरण्य भोजपुरे, आनन्द पुरी, भीमबहादुर थापा लगायतका शीर्षस्थ कलाकर्मीको साथ संगत र हौसलाले उनको क्षमता अझ खारिदै गयो ।
२०३५ सालमा राष्ट्रवैंकको २५ औ बार्षिकोत्सवमा भेट भएका हरिवंश आचार्य मदनकृष्णको जिन्दगीका सबैभन्दा प्रिय र नजिकका ब्यक्ति हुन । भगवानले जुराएर पठाएका यी दुइको भेट उनीहरुको जीवनका लागि मात्र नभई नेपाली रंगमन्च तथा कलासाधनामा कोशेढुंगा सावित भएको छ । जुनदिनबाट उनीहरु सँगै कला साधनामा लागे त्यसपछि अहिलेसम्म छुटिनु परेको छैन । यति लामो समय यसरी प्रगाढ रहदै एक अर्काको बलियो अढेश बन्नु सानो कुरा थिएन । तर यी दुइ विचको हार्दिक प्रेम सदभावपूर्ण संबन्ध उदाहरणीय रहेको छ ।
तत्कालिन समयमा यमलोक भन्ने ब्यंग्यात्मक कार्यक्रममा राजा प्रमुख अतिथि र बीपी कोइराला, मनमोहन अधिकारीहरू अतिथि थिए । ऐतिहासिक दर्शकहरू भएको सो कार्यक्रममा बीपीले गरेको प्रशंसा मदनकृष्णलाई अहिले पनि हिजो जस्तै लाग्छ । त्यसपछि कहिले टेलिफिल्म कहिले सडक नाटक तथा कहिले ब्यंगात्मक प्रहर्षनका कार्यक्रमले मह जोडी चम्किदै गयो । हास्यब्यंग्य मात्र नभई राजनितिक चेत र गलत प्रवृति विरुद्ध प्रहार गर्ने महको विषेशताले चर्चा र प्रख्याती झन बढ्दै गयो ।
२०४६ सालको राजनितिक परिवर्तनमा कलाको माध्यमबाट विद्रोहमा अग्रपंक्तीमा रहेका मह जोडिको भूमिका २०६२ र ६३ को जनआन्दोलनमा पनि उत्तिकै महत्वपूर्ण रह्यो । कीर्तिपुर तथा काठमाण्डौ मोडल अस्पतालका अध्यक्ष समेत रहेका श्रेष्ठकै पहलमा जनआन्दोलनमा घाइते भएका हजारौको उपचार गरिएको थियो ।
घाइतेहरुको उपचारका लागि शुरु गरिएको उपचार कोषमा अढाइ करोड भन्दा बढि रकम जम्मा भएको थियो । ब्यवस्था परिवर्तनको त्यति ठुलो महाअभियानमा गरेको सो काम जीवनकै सर्वाधिक सन्तुष्टीको समय लाग्छ श्रेष्ठलाई ।
सुख दुखु, वासुदेवु के घर के डेरा लगायत ठुला फिल्ममा अभिनय गरेका श्रेष्ठले एक हजारभन्दा बढी टेलिफिल्ममा अभिनय गरेका छन भने विज्ञापन तथा नाटकको यकिन छैन । पञ्चायतको श्राद्ध, अभिभावक, पिकनिक, गाउँखाने कथा–२, अभिनन्दन, लालपुर्जालगायत थुप्रै कार्यक्रम गरेका मह जोडीको भूमिका प्रजातान्त्रिक आन्दोलनमा समेत उत्तिकै छ ।
गायन, अभिनय, लेखन र निर्देशनजस्ता बहुमुखी प्रतिभाका धनी मदनकृष्ण सद्भावना राजदूतका रूपमा देश देशावर घुमेका छन । जिवनका अनेक घुम्ती आरोह अवरोह समेटिएको महको म पुस्तकका लेखक समेत रहेका मदनकृष्ण नेपाली रंगकर्म तथा कला वांङमयमा अविस्मरणीय नाम हो ।
सन्चय कोषमा जागिर खाँदा सँगै काम गर्ने यशोदा सुवेदीसँग प्रेममा परेर वैवाहिक जीवनमा बाँधिएका उनलाई पछिल्लो समय ननिको लाग्दैछ । एउटा जटिल रोगका कारण श्रीमतीको पाँच बर्षअघि निधन भएपछि एक्लिएका उनलाई अझैपनि श्रीमतीको झल्कोले झस्काइरहन्छ । जीवनकै विर्सन नसकिने तर अप्रीय समय मध्येको एक हो त्यो घटना पनि ।
जीवनको परिभाषा सवैको उस्तै उस्तै त हो । अनेक उतारचढाव र संघर्षको चर्खाजस्तै हो जीवन । देश दुनियालाई हसाउन जीवन समर्पित गरेका मदनकृष्ण आफू जुनसुकै अवस्थाबाट गुज्रिदा पनि काममा कहिल्यै विचलित भएनन । उनको बुझाइमा लक्ष्य प्राप्तीका लागि निरन्तरको परिश्रम र साधना नै प्रमुख अस्त्र हुन । यी दुइ कुरालाई जस्ले उच्चतम प्रयोग गर्न सक्यो । उ नै सफलताको हकदार हो ।
७३ बर्षको उमेरमा पनि सामाजिक कर्ममा समर्पित मदनकृष्ण पछिल्लो समय पार्किन्सर लगायत थुप्रै रोगसँग जुधिरहेका छन । तर पनि स्वास्थ्यलाई वशमा राख्दै आफ्ना काममा उनी विचलित भएका छैनन । पन्चायतकालदेखि गणतन्त्रसम्म आइपुग्दाका साक्षी मदनकृष्ण पछिल्लो राजनीतिक वेथितीबाट निराश छन । विकास र परिवर्तनको आशा सहित थुप्रैपटक सडक आन्दोलनमा होमिएपनि राजनीतिक दलहरुमा पुरानै प्रवृति कायमै रहदा ब्यवस्था फेरिएपनि अवस्था नफेरिदा उनको मन खिन्न छ ।
जीवनको झण्डै साढे सात दशक । राष्ट्रको एक महान कलाकार । जसले सामाजिक रुपान्तरण देखि राजनीतिक ब्यवस्था परिवर्तनका लागि निरन्तर सक्रिय भैरहे । उनै प्रेरणादायी र सवैका प्रिय कलाकार मदनकृष्णको सुस्वास्थ्य अनि सतायुको कामना ।।