Janachasonews.com

कर्णाली रंगशालाको विभिन्न व्यक्तिद्वारा अवलोकन,निर्माण कार्य उत्कृष्ट रहेको प्रतिक्रिया

Facebook
Twitter
Email

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधिन अवश्थामा रहेको प्रदेश रंगशालाको  विभिन्न  व्यक्तिहरुले अवलोकन भ्रमण गर्दै निर्माण कार्य उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । गत भदौमा पूर्वमन्त्रीदेखि ईन्जिनियरसम्मले अवलोकन भ्रमण गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषदको नेतृत्वमा नमुना योग्य रंगशाला बनिरहेको बताएका हुन् ।

उनीहरुले अनुगमन निरीक्षण र अवलोकनको क्रममा आत्मसाथ गर्नलायक सुझाव–सल्लाहा समेत दिएको कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिब विश्वामित्र संज्यालले बताए । अवलोकन भ्रमण गर्दै पूर्वमन्त्री एवम् नेकपा (एमाले)का नेता प्रेम बहादुर सिंहले आफू निर्माण कार्यप्रति निकै सन्तुस्ट रहेको र उदाहरणीय कार्य भएको प्रतिक्रिया दिए।

प्रदेश स्तरमा सुविधा सम्पन्न रंगशाला निर्माण हुनु आफैमा महत्वको विषय भएको बताउँदै सिंहले रंगशाला निर्माण र संचालनमा सबै पक्षको सहयोग रहनुपर्नेमा जोड दिए । नेपाल विद्युत प्राधिकरणका ईन्जिनियर खगेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भइरहेको प्रदेश रंगशालाको स्थलगत अवलोकन गर्दै निर्माण कार्य द्रुत गतिमा चलिरहेको र युद्धस्तरमा काम गर्ने टिमलाई सम्मान गर्नुपर्ने धारणा राखे ।

ईन्जिनियर शाहीले कर्णाली प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्नु सिंगो कर्णालीको लागि गौरवको विषय भएको धारणा राखे । उनले गरे के हुँदैन भन्ने उदाहरण कर्णाली प्रदेश खेलकुद परिषदले पुष्टि गरेको र मुख्यतः सदस्य सचिब संज्यालको भूमिका अतुलनिय भएको बताए ।

“उचित क्षमता भएको व्यक्तिलाई उचित ठाउँमा जिम्मेवारी दिदा परिणाम पनि उत्कृष्ट आउँछ, शाहीले भने, सदस्य सचिब विश्वामित्र संज्याल ईन्जिनियर भएको र उहाँको काम प्रशंसनिय छ ।” मनोपरामर्शदाता अञ्जु शाहले अवलोकन पश्चात खुसि हुँदै भनिन्“मैले त सोच्दै सोचेको थिइन,तर आज अन्तराष्ट्रिय स्तरको रंगशाला बनेको देखेर मेरो खुशिको सीमा नै छैन ममा ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *